खाेज्नुहाेस

नगर खेलकुदको महाकुम्भ सुरु, २१९५ विद्यार्थी मैदानमा

Image

अत्तरिया – नगर स्तरमा खेलकुदको महाकुम्भका रुपमा चिनिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गोदावरी नगरपालिकामा मंगलबार देखि २ हजार १९५ विद्यार्थी सहभागी रहेको प्रतियोगिता सुरु भएको हो । जसमा ६ विधा अन्तरगत मार्सलाटका ३ विधा सँगै एथलेटिक्स, भलिबल र कबड्डीका खेल खेलाइँदै छन । गोदावरी नगरपालिका – ७ हरैयामा रहेको दुर्गा भवानी माविमा सुरु भएको प्रतियोगिताको नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको विकासमा ठूलो योगदान पुग्ने बताए । उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नको लागि एक अर्कासँग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले शैक्षिक अवस्थामा पछि भएपनि खेलको जगतबाट अघि बढाउन सकिने बताए । ‘नगरपालिका अहिले शैक्षिक क्षेत्रमा वामे सर्दै छ’ उनले भने ‘नगरपालिकालाई चिनाउन खेलको ठूलो भूमिका छ । यसमा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ठूलो भूमिका हुन्छ ।’ गोदावरी नगरपालिकाको शिक्षा समितिका सदस्य डा. डम्बर पालले नगर स्तरिय राष्टपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीको संख्या बढ्दै गएको बताए । उनले गत वर्ष ४३ विद्यालय सहभागी भएकोमा यो वर्ष बढेर ४५ पुगेको बताए ।

attariya hospital

मंसिर २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा यस वर्ष ४५ विद्यालयका विद्यार्थी सहभागि भएका छन । जसमा २२ वटा सामुदायिक र २३ वटा संस्थागत विद्यालय रहेका छन । प्रतियोगितामा पहिलो हुने विद्यालयलाई २० हजार दोस्रो हुने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार नगद पुरस्कार पनि दिईन आयोजक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । यस वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सँग सँगै नगर स्तरीय अतिरिक्त क्रियाकलाप पनि आयोजना गरिने जनाइएको छ । जसमा कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थी सहभागी हुने छन ।

navjiwan hospital

सम्बन्धीत समाचार

शिक्षालाई पहिलो प्रायोटी दिएर २–३ काम गरेका छौ : नगरप्रमुख भट्ट

गोदावरीका अवकाश प्राप्त वाल विकास सहजकर्ता सम्मानित

गोदावरीमा आज देखि नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु