अत्तरिया – कैलालीको गोदावरीका अवकाशप्राप्त बाल विकास सहजकर्ता सम्मानित भएका छन् । गोदावरी नगरपालिकाद्धारा आयोजित १५ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा नगरपालिकाले ७ जना अवकाश प्राप्त बाल विकास सहजकर्तालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा शैलेश्वरी आवीमा १६ वर्ष सेवा गरेकी गीता देवी भट्ट, सिद्ध माविमा १५ वर्ष सेवा गरेकी तारा देवी खत्री, मुक्ति आविमा १७ महिना ११ महिना सेवा गरेकी हरिना बोगटी, विद्ध बाबा आविमा २४ वर्ष सेवा गरेकी पुष्पा देवी चौधरी, सरस्वती माविमा २१ वर्ष सेवा गरेकी रामती राना, गणेश आविमा २८ वर्ष ६ महिना सेवा गरेका डिल्ली राज भण्डारी, ग्वासी माविमा १७ वर्ष ४ महिना सेवा गरेकी गंगा देवी दहाल रहेका छन् ।

अवकाश पाएका उनीहरूलाई सम्मान स्वरूप नगद २ देखि २ लाख २५ हजार सम्म प्रदान गरिने नगरपालिकाले जनाएको छ ।


















