एजेन्सी- अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याएका छन् । कमला ह्यारिसले दुई सय २३ मत ल्याएकी छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन कुल पाँच सय ३८ मतमध्ये कम्तीमा दुई सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ ।

यसअघि डोनाल्ड ट्रम्प सन् २०१६ मा पनि अमेरिकी राष्ट्रपति पदमा विजयी भएका थिए । सन् २०२० मा भने उनी जो बाइडेनसँग पराजित भएका थिए ।

















