काठमाडौ– ललितपुर नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई डेढ लाख नगदले सम्मानित गरिने भएको छ । बाग्मती प्रदेश सरकारले तामाङले साहसिक काम गरेको भन्दै डेढ लाख रुपैयाले सम्मान गर्न लागेको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएकाले सम्मान गर्न लागेको जानकारी दिए ।


काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए ।
तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यवाद दिएको पनि मुख्यमन्त्री लामाले बताए ।
















