
एजेन्सी- क्यानडाले विदेशी विद्यार्थीको कोटा थप घटाउने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आउँदो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुमतिपत्रमा थप कटौती गर्ने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल एक्स अर्थात् ट्विटरमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री ट्रुडोले यो वर्षदेखि क्यानडाले विदेशी विद्यार्थीको सङ्ख्या ३५ प्रतिशतले कम गरेकोमा आउँदो वर्षदेखि १० प्रतिशतले थप कटौती गर्ने बताएका हुन् । प्रवासी विद्यार्थीले देशको अर्थतन्त्रमा टेवा पुर्याए पनि सङ्ख्या घटाउनु बाध्यता भएको उनले बताएका छन् ।

















