खाेज्नुहाेस

न्युजिल्याण्डमा लजालु होइहो पेंगुइनले जित्यो चरा वर्ष उपाधि

Image

एजेन्सी- न्युजिल्याण्डमा भएको चरासम्बन्धी प्रतिस्पर्धात्मक प्रतियोगितामा लजालु पहेँलो आँखा भएको पेंगुइन होइहोले वर्षको चरा उपाधि जितेको छ । न्युजल्याण्डमा यो प्रतियोगिता सबैभन्दा प्रतिस्पर्धात्मक प्रतियोगिताहरूमध्येको एक मानिन्छ ।

navjiwan hospital

चराका लागि भएको प्रतियोगितामा ५० हजारभन्दा धेरै मानिस सहभागी भएर मतदान गरेका बीबीसीले जनाएको छ । विश्वको दुर्लभ पेंगुइन प्रजातिहरूमध्ये एक मानिने होइहो न्युजिल्याण्डमा मात्र पाइन्छ । प्रतियोगिता सञ्चालन गर्ने सङ्गठन ‘फरेस्ट एन्ड बर्ड’ का अनुसार, होइहोले ६ हजार ३ सय २८ भोटसहित उपाधि जितेको हो । होइहोले करुरे चाथम टापुमा रहेका ब्लयाक रोविन नामको चरालाई ५ हजार भन्दा बढी भोटलेपछि परेको छ । होइहोको कडा र चर्को आवाज भए पनि यो अत्यन्तै लजालु प्रजाति हो ।

attariya hospital

सङ्गठनले दुर्लभ र लोप हुने अवस्थामा रहेका चरा संरक्षणका लागि यो प्रतियोगिताले मदत गर्ने बताएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको अनुसार होइहो प्रजातिको सङ्ख्या घटिरहेको र सङ्कटग्रस्त अवस्थामा रहेको छ । गएको वर्ष न्युजिल्याण्डको दक्षिणी तालहरूमा देखिने सबैभन्दा राम्रो पौडिनसक्ने मानिएको पुटेकेटेके नामको चराले उपाधि जितेको थियो ।