अत्तरिया – डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय ठाकुरद्धाराले बाराबर्दियाको सरस्वती माध्यमिक विद्यालयमा पढ्ने एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । उक्त विद्यालयमा कक्षा ७ मा पढ्ने छात्रा लक्षु राजिलाई संस्थाले छात्रवृत्ति प्रदान गरेको हो ।

संस्थाकी सदस्य कल्पना राजिको छोरी लक्षु पढाईमा जेहेन्दार र अब्बल रहेकाले उनलाई छात्रवृत्ति प्रदान गरिएको संस्थाका शाखा प्रबन्धक खेमराज ओझाले बताए । उनले आगामी दिनमा बालिकाको पढाईमा छात्रवृत्तिले केही सहज हुने विश्वास लिएको पनि बताए । उनले उक्त छात्रवृत्ति संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत वितरण गरिएको बताए ।

संस्थाका शाखा प्रबन्धक ओझाले विद्यालयमै गएर लक्षुलाई छात्रवृत्ति दिएका थिए । छात्रवृत्ति कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमानन्द पाठक, प्रधानाध्यापक ममता पाठक लगायत स्थानिय समाजसेवि तथा बृद्धिजिबिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै बिद्यालयकी प्रधानाध्यापक पाठकले संस्थाको सहयोगले विद्यार्थीको पढाईमा सहयोग पुगेको बताईन । उनले लघुबित्तले समाजमा विपन्न वर्गको उत्थानको लागि महत्वपुर्ण भुमिका खेलेकोमा खुसि व्यक्त गरिन ।



















