खाेज्नुहाेस

आज राष्ट्रिय बाल दिवस मनाइँदै

Image

अत्तरिया – आज ६० औं राष्ट्रिय बाल दिवस मनाइँदै छ। नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको दिनलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाइँदै आएको छ । यसअघि २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदे राष्ट्रिय बाल दिवस बनाइँदै आएको थियो ।

navjiwan hospital

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो। पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो।

godawari nagarpalika dadhelo
attariya hospital

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वांगीण विकासको प्रत्याभूत गरेको छ। संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ।