काठमाण्डौं – सुदूरपश्चिमेली बासीले गौरा पर्व काठमाडौँको टुँडिखेलमा भव्यताका साथ मनाएका छन् । आज गौरा पर्वको अवसरमा प्रशंसा संरक्षण समूहले काठमाडौँको टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो ।
गौरा विशेष कार्यक्रमको प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले सयूक्त रूपमा दमाहा बजाउँदै उद्घाटन गरेका थिए ।
कार्यक्रममा एमाले नेता भीम रावल, लेखराज भट्ट, उद्योग मन्त्री दामोदर भण्डारी, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, अख्तियार आयुक्त जयबहादुर चन्दलगायत सुदूरपश्चिमका नेताहरुको सहभागिता थियो ।



टुँडिखेलमा वर्षका कारण कार्यक्रम प्रभावित भए पनि सुदुरपश्चिमबासीले रुझ्दै रौनकताका साथ गौरा पर्व मनाएका छन् । समारोहमा विभिन्न महिला समूहले सुदूरपश्चिमका भाका गाएका थिए ।
गौरा पर्वको अवसरमा आयोजित कार्यक्रम भोलि पनि जारी रहने आयोजकले जनाएको छ ।
टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले नेताहरूको विरोधमा दलका नेताहरूका कारणले देशले दुःख पाएको भन्दै विरोधमा नारा लगाएका थिए । कार्यक्रममा “वि वान्ट बालेन, वि वान्ट भीम रावलको नारा” को नारा समेत लागेको थियो ।




















