खाेज्नुहाेस

सुदूरपश्चिमका १० सहित बाढीपहिरोबाट हालसम्म १७० जनाको मृत्यु

Image
file photo

अत्तरिया – अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सुदूरपश्चिमका १० जनाको मृत्यु भएको छ ।

navjiwan hospital

शुक्रबार सम्म सुदूरपश्चिमका १० जनाले बाढीपहिरो लगायतका विपत्तिका कारण ज्यान गुमाएका हुन । देशभर उक्त संख्या १७० पुगेको छ । जसमा कोशी प्रदेशका २५, मधेस प्रदेशका ६ जना, बाग्मतीका ३४ जना, गण्डकीका ५४, लुम्बिनिका ३३ र कर्णालीका ८ जना रहेका छन ।

godawari nagarpalika dadhelo
attariya hospital

साथै कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा २ सय ३ जना घाइते भएका छन् ।