काठमाडौं – कर्णाली सरकारमा कांग्रेसबाट ४ जना मन्त्री नियुक्त भएका छन । मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसबाट राजीवविक्रम शाह, सुरेश अधिकारी, धनश्याम भण्डारी र विजया बुढालाई मन्त्रीमा नियुक्त गरेका हुन ।

मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्वको सरकारमा शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ । उनीहरुको शपथ आजै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


कांग्रेसबाट मन्त्री भएका चार जना मध्ये शाह, भण्डारी र बुढा संस्थापन पक्षका हुन भने अधिकारी संस्थापन इतर पक्षका हुन्। ८ सदस्यीय कर्णाली मन्त्री परिषद्मा मुख्यमन्त्रीसहित एमालेले तीन मन्त्रालय राखेको छ।


















