खाेज्नुहाेस

त्रिशुलीमा बेपत्ता बस वाटर ड्रोनको प्रयोग गरेर खोजिँदै

Image

काठमाडौँ – शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने वाटर ड्रोन क्यामरा प्रयोग गरिएको छ । सशस्त्र प्रहरीका अनुसार बिहानै देखि खोजीमा गोताखोर सहितको टोली परिचालन गरिएको र वाटर ड्रोन क्यामरा प्रयोग गरिएको हो ।

navjiwan hospital

टोलीले त्रिशूली नदिमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ । -याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पु¥याउने जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।