खाेज्नुहाेस

भारतको कुलागाडको पानी थुनियो, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Image

अत्तरिया – भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा रहेको कुलागाडमा पानी थुनिएको छ । शुक्रवार साढे ८ बजे कुलागाड खोलामा पानी सतह बढ्दा उक्त खोलामा रहेको पुल बगाएर ड्याम बन्दा  पानी थुनिएको हो ।

navjiwan hospital

उक्त पुल महाकाली किनारमा रहेको छ । जुन नेपालको दार्चुला जिल्लाको सीमा सँगै जोडिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर छत्र बहादुर रावतले कुलागाडमा पानी थुनिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

attariya hospital

उनले महाकाली किनार क्षेत्रमा प्रहरीले माइकिङ पनि गरिरहेको बताए । ड्याम जुनसुकै बेला पनि फुट्न सक्ने खतरा रहेको भारतीय प्रशासनलाई उद्धृत गर्दै दार्चुला प्रहरीले जनाएको छ ।

अपडेट : थुनिएको पानी निकास भएपछि कुलागाडको खतरा टर्यो