खाेज्नुहाेस

थुनिएको पानी निकास भएपछि कुलागाडको खतरा टर्यो

Image

अत्तरिया – दार्चुलाको सीमावर्ती क्षेत्र भारतको पिथौरागढमा रहेको कुलागाडमा थुनिएको पानी निकास भएको छ । शुक्रवार राती साढे ८ बजे कुलागाड खोलामा गएको पहिरोले थुनिएको पानी निकास भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

navjiwan hospital

कुलागाडमा पानी थुनिएपछि महाकालीको तटिय क्षेत्रमा सतर्कता अपनाउन राती नै दाचुला प्रहरीले माइकिङ गरेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता इन्स्पेक्टर छत्र बहादुर रावतले भारतीय प्रशासनबाट कुलागाडमा रोकिएको पानी निकास भइसकेको सूचना आएको बताए ।

attariya hospital

शुक्रबार राती भारतीय प्रशासनले कुलागाडमा पुल भत्किएर ड्याम बनेकाले महाकाली तटिय क्षेत्रमा सतर्कता अपनाउन भनेको थियो । यद्दपी अहिले पुल भएको ठाउँमा पहिरोले पानी भरिएको भएपनि पुल भने सुरक्षित रहेको जनाइएको छ ।

सम्बन्धीत समाचार  : भारतको कुलागाडको पानी थुनियो, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह