मुकुल ढकाललाई रास्वपाले ग-यो कारबाही, अव साधारण सदस्य मात्रै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवत्ता मुकुल ढकाल अब साधारण सदस्य मात्रै रहने भएका छन । उनलाई मंगलबार रास्वपाको केन्द्रिय कार्यसमितिको बैठकले कारबाही गर्दै पार्टीको महामन्त्री र प्रवत्ताबाट हटाएर साधारण सदस्य मात्रै राख्ने निर्णय गरेको हो ।

maya metro hospital

केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी अरू पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताईएको छ । पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो ।

पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पु-याएको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको उनले बताए ।
ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गरी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए ।

attariya hospital

उक्त प्रतिवेदन यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेर सुनाएका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.