अत्तरिया – माध्यमिक शिक्षा परिक्षा (एसइई) मा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । नेकपा एमाले कृष्णपुर नगर कमिटिले एसइईमा उत्कृटठ नतिजा ल्याउने नगरभित्रका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा ४ जिपिए ल्याउने कञ्चनजंगा माध्यमिक विद्यालयका चेतराज विष्ट सहित २६ जना रहेको नेकपा एमाले कृष्णपुर नगरकमिटि अध्यक्ष कुबेर खड्काले जानकारी दिए । उनले सामुदायिक र संस्थागत दुवै विद्यालयका विद्यार्थीहरुलाई सम्मानित गरिएको बताए । उनका अनुसार विद्यार्थीसहित उनिहरुका अभिभावकहरुलाई पनि सम्मानित गरिएको थियो ।

एमाले नगर कमिटी अध्यक्ष कुवेर खड्काको अध्यक्षतामा गरिएको कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एबम् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रमुख अतिथि थिए ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य नर बहादुर धामी, प्रदेश कमिटी सदस्यहरु मोहन रावल, गणेश सिंह एरी, जिल्ला कमिटी अध्यक्ष लक्ष्मी बुढा, नगर इन्चार्ज लोकराज पन्त, कृष्णपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख कर्ण बहादुर हमाल, अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष अमर सिह धामी लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

















