कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाको गाडीमा तोडफोड भएको छ । सोमबार महेन्द्रनगर क्षेत्रमा रहेका खोकाछाप्रा उद्दार समितिमा आबद्ध मजदुर व्यवसायीले नगरपालिकाको गाडीमा तोडफोड गरेका हुन ।

सोमबार भीमदत्त नगरपालिकाले खोकाछाप्रा क्षेत्रमा बनेका संरचना हटाउन बिहान स्काभेटर लगेर गएको थियो । खोकाछाप्रा उद्दार समितिमा बस्दै आएका मजदुर व्यवसायीले स्थानीय सरकार दमनमा उत्रिएको भन्दै स्काभेटर फकाईदिएका थिए ।

खाली गरेका घर हटाउन अवरोध नगर्न अनुरोध गर्न गएका भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थी र वडा नं ४ का वडाध्यक्ष शुशिल भट्टबिरुद्ध खनिएका उनीहरुले गाडीमासमेत तोडफोड गरेका हुन् ।

भिडले प्रवक्ता अवस्थी र भट्टले चढेर आएको बा २ झ ३८८९ नम्बरको जिपमा क्षति पुगेको छ ।