सुदूरपश्चिम सरकारमा पहिलो पटक २ जना दलित समुदायका मन्त्री

अत्तरिया – सुदूरपश्चिम सरकारमा दलित समुदायको सहभागिता राज्यमन्त्री भन्दा माथि पुग्न नसकेको अवस्थामा पहिलो पटक २ जना दलित समुदायबाट मन्त्री बनेका छन् ।

maya metro hospital

देश संघीयतामा गएको ७ वर्षमा प्रदेशमा धेरै मन्त्री फेरीए पनि अहिले सम्म दलित समुदायबाट मन्त्री बन्न सकेका थिएन । यस पटक गठन भएको मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको सरकारमा भने दुई जनाले मन्त्रीको पदभार ग्रहण गरेका छन् ।

सरकारमा हाल नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (माओवादी केन्द्र) की लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ ।

attariya hospital

उनीहरू जेठ २८ गते नै विना विभागीय मन्त्रीमा नियुक्त भए पनि आइतबार मात्रै मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

यसअघि प्रदेश सरकारमा ३ जना राज्यमन्त्रीको रूपमा मात्रै सहभागिता जनाउन पाएका थिए । प्रदेश सरकारमा माओवादी केन्द्रबाट मानबहादुर सुनार भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, नेकपा एमालेबाट अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्री र नेपाली कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.