आज संसद् दिवस

काठमाडौँ- आज संसद् दिवस अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसदको बैठक बसेको दिन । प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमचुनावबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको दिनलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

maya metro hospital

संसद् स्थापनाको स्मरण गरी आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले कार्यक्रमको आयोजना गरेका छन् । पहिलो संसदले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो ।

यसैबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाउन आह्वान गरेका छन् । उनले नागरिकको आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा संसदलाई विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.