गोदावरी नगर स्तरीय किड्स डान्सको उपाधि समीलाई

अत्तरिया – कैलालीको गोदावरी नगर स्तरीय किड्स डान्स कम्पीटीसनको उपाधि एभरेष्ट एकेडेमीकी समी विष्टले हात पारेकी छिन । शनिवार भएको फाइनल राउन्डमा १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै समीले उपाधि हात पारेकी हुन ।

maya metro hospital

यस्तै प्रतियोगितामा सत्यवतीका डिजे बोहराले द्धितिय र एभरेष्टकै पारस साउँदले तेस्रो स्थान हात पारेका थिए । १५० अंकमा ११९ अंक सहित पहिलो स्थान हात पारेकी समीले नगद २० हजार १५१ रुपैयाँ सँगै ट्रफि र प्रमाणपत्र पाएकी छिन । यस्तै ११८ अंक सहित दोस्रो भएका डिजेले १० हजार १५१ र तृतीय भएका पारसले ५ हजार १५१ रुपैयाँ हात पारेका छन् ।

वन व्ये डान्स क्याम्पको आयोजनामा गोदावरी नगर पालिकाका प्राथमिक तह (कक्षा १ देखि ५) मा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर प्रतियोगिता आयोजना गरिएको थियो । जसमा अन्तिम राउन्डमा पुगेका १५ जनाबाट ३ जना विजेता छनोट गरिएको वन व्ये डान्स क्याम्पका सञ्चालक नरेश नेपाली बताए । फाइनलमा सुरेश शाह, दीप श्रेष्ठ र सीमा तामाङ जजको रूपमा रहेका थिए । प्रतियोगिताको अडिसन राउन्ड भने विद्यालय स्तरमै सञ्चालन गरिएको थियो ।

attariya hospital

वन व्ये डान्स क्याम्पका सञ्चालक नेपालीले साना बालबालिकाको प्रतिभा बाहिर ल्याउनको लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले अन्तिम १५ मा पुगेका १५ जनालाई वन व्ये डान्स क्याम्पका निःशुल्क एक महिना प्रशिक्षण दिइने बताए ।
प्रतियोगिताको प्रायोजकमा एभरेष्ट एकेडेमी अत्तरिया, सह प्रायोजकमा साधना पथ एकेडेमी लालपुर, किड्स जोन अत्तरिया, ज्ञान ज्योति अत्तरिया, संघर्ष क्याफे र क्याबिनेट रिसोर्ट अत्तरिया रहेका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.