ब्यासको संघीय सरकारलाई काउन्टर, दार्चुला–तिंकर सडक निर्माण गर्न चन्दा अभियान

दार्चुला – दार्चुलाको खलंगा–तिंकर सडक निर्माणका लागि ब्यास गाउँपालिकाले चन्दा अभियान सुरु गरेको छ । संघीय सरकारले निर्माणधीन दार्चुलाको खलंगा–तिंकर सडकका लागि पर्याप्त बजेट विनियोजन नगरेपछि गाउँपालिकाले चन्दा अभियान सुरु गरेको हो ।
गाउँपालिकाले एक अपील जारी गर्दै रणनीतिक र सामरिक महत्वको सडक भएकाले देश भरका प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला सबैसँग आर्थिक सहयोग गर्न अपिल गरिको छ । गाउँपालिकाले आर्थिक सहयोग संकलनका लागि ‘दार्चुला–तिंकर सडक निर्माण कोष’ खडा गरेर बैंक खाता सञ्चालन गरेको छ ।

maya metro hospital

अपिलमा गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ब्यास गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको जनाएको छ ।

नेपालतर्फ ब्याँस क्षेत्र जोड्ने पैदल बाटो समेत नभएका कारण छाङरू र तिंकर जाने स्थानीय बासिन्दाहरू भारतीय प्रशासनको लिखित अनुमति (परमिट) लिएर जाने गरेका छन् । उक्त सडक निर्माणपछि कैलाश–मानसरोवर यात्रा सञ्चालनको ढोका खुल्ने छ । २०७७ बैशाख १४ मा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार हाल उक्त सडकखण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ । नेपाली सेनाले २०७८ माघ २८ देखि ब्याँस गाउँपालिका–३ मा पर्ने तुषरपानीदेखि वडा नम्बर १ तिंकरस्थित नेपाल–चीनको सिमाना (१ नम्बर पिलर) तिंकर भन्ज्याङसम्मको ७९ किलो मिटर लामो सडक निर्माणको काम थालेको थियो ।

attariya hospital

चालु आर्थिक वर्ष २०८०/०८१ सम्म तिंकर सडक निर्माणमा ४७ करोड ६८ लाख ४३ हजार रुपैयाँ खर्च भइसकेको छ भने वडा नम्बर ३ तुषरपानीदेखि वडा नं २ को दुम्लिङ गाउँसम्म १३ किलोमिटर लामो सडकको ट्रयाक खुल्ने अवस्थामा छ ।

नेपाली सेनामार्फत् निर्माण भइरहेको उक्त सडक एक आर्थिक वर्षमा २–३ किलोमिटर मात्रै निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । न्यून बजेट विनियोजनका कारण लक्ष्यअनुसारको कार्य प्रगति नभइरहेको गाउँपालिकाको भनाइ छ । नेपाली सेनाले तयार गरेको डीपीआरअनुसार ७९ किलोमिटर लामो सडकको ट्रयाक निर्माण सम्पन्न गर्न ३ अर्ब ७४ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.