सुदूरपश्चिममा सरकारको सार्वजनिक नगर्दै रातोकिताब बजारमा आएको दाबी

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/०८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको नेपाली कांग्रेसले दाबी गरेको छ । प्रदेश सरकारले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेको थियो ।

maya metro hospital

सो बजेट कार्यक्रम पुस्तिका (रातोकिताब) हालसम्म प्रदेश सभामा छलफलको लागि पेस नगरी बजारमा आएको कांग्रेसले दाबी गरेको हो । धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको राजीनामा समेत माग गरेको छ । कांग्रेसका सांसद तथा पूर्वमन्त्री प्रकाश देउवाले हालसम्म प्रदेश सभामा पेस नगर्दै बजारमा रातोकिताब पाउनु गम्भीर कुरा रहेको बताए ।

उनले भने, ‘हाम्रो हातमा पनि अफिसियली रूपमा आएको छैन । हामीले पनि बजारबाट पाएका हौँ । यो किताब व्यक्तिको मोबाइलमा, ह्वाटएपमा आएको छ । यो एकदमै गम्भीर कुरा हो ।’ प्रदेश सरकारले बजेट निर्माणमा प्रक्रिया समेत पुरा नगरेको सांसद देउवाको आरोप थियो ।

attariya hospital

त्यस्तै कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमल बहादुर शाहले सरकार गैरजिम्मेवार बनेको भन्दै तत्काल राजीनामा माग गरे । उनले भने, ‘हामी सडक र सदनमा सरकारविरुद्ध प्रतिरोध गर्छौ । सरकारले नैतिक रूपमा राजीनामा दिनुपर्छ ।’

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.