कैलाली अनेरास्ववियुले ग¥यो १७ औँ अधिवेशनको लोगो सार्वजनिक

सुखड – नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु कैलालीको १७औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । शुक्रवार सुखडमा पत्रकार सम्मेलन गरेर अनेरास्ववियुले लोगो सार्वजनिक गरेको हो ।

maya metro hospital

‘शिक्षा क्षेत्रमा भइरहेको ब्यापारीकरण र दलालीकरण विरुद्धको आन्दोलनमा हाम्रो जोड संविधानले ग्यारेन्टी गरेको निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनमा हाम्रो अठोट’ भन्ने मूल नाराका साथ सुखडमा असार ७ र ८ गते अधिवेशन हुँदै छ ।

अधिवेशनलाई सम्बोधन गर्न अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल आउने कार्य तालिका रहेको बताईएको छ । एमाले कैलालीका सचिव ममता प्रसाद चौधरी, सचिवालय सदस्य खगेन्द्र ठकुल्ला, घोडाघोडी नगर कमिटीका अध्यक्ष हेम सापकोटा, नगर उप–सचिव गगन कठायत लगायत नेताहरूको उपस्थितिमा लोगो सार्वजनिक गरीएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.