खाेज्नुहाेस

कांग्रेसले सुदूरपश्चिममा नीति-कार्यक्रम अनुसारकै बजेट आए प्रतिवाद गर्ने

Image

धनगढी- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याए प्रतिवाद गर्ने बताएको छ ।

navjiwan hospital

कांग्रेस प्रदेश संसदीय दलले मंगलबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गलत ढंगले आएको बताउँदै त्यसैलाई आधार बनाएर आउने बजेट स्वीकार्य नहुने बताएका हुन् ।

attariya hospital

शाहले सरकारले पुराना महत्त्वपूर्ण विषय कटाएर नीति तथा कार्यक्रम ल्याएको भन्दै बजेट पारित हुन नदिने बताए । उनले सरकारले बजेट ल्याएपछि अध्ययन गरेर मात्र विरोधका स्वरूप तय गरिने बताएका छन् ।