सुदूरपश्चिमका दुई मन्त्रीले गरे पदभार ग्रहण

अत्तरिया – सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्रीले पदभार ग्रहण गरेका छन । सोमबार पद तथा गोपनियताको सपथ लिएका सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरल र आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले पदभार ग्रहण गरेका हुन ।

maya metro hospital

पदभार ग्रहण गर्दै सामाजिक विकास मन्त्री भाटले प्रदेशमा व्याप्त जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचारसंहिता निर्माण गर्ने बताएका छन् ।
सार्वजनिक निकायहरुमा अझै पनि जातीय छुवाछुत तथा महिलाहरुमाथि विभेद र यौनजन्य हिंसा भइरहेकाले नियन्त्रण गर्न आचारसंहिता बनाउने उनले बताएका हुन । त्यसका लागि मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार संयोजक रहनेगरि तीन सदस्यीय आचारसंहिता निर्माण समिति समेत बनाइएको छ ।

यस्तै आर्थिक मामिला मन्त्री पालले संविधानबमोजिम जनपक्षीय काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनले संविधान र कानुनको परिधीभित्र रहेर सुधारात्मक काम गर्ने प्रतिबद्धता बताए । अर्थतन्त्रमा विभिन्न चुनौती र समस्या रहेकाले तीनको सामना गरेर अघि बढ्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाई थियो ।

attariya hospital

सोमबार मुख्यमन्त्री दिर्घबहादुर सोडारीले भाट र पाल सहित ७ जना नयाँ मन्त्रीहरु नियुक्त गरेका थिए । भाटलाई सामाजिक विकास मन्त्रालय तथा पाललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिईएपनि अन्य मन्त्रीहरुको भने मन्त्रालय तोकिएको छैन । नियुक्त भएका सातै जना मन्त्रीहरुले सोमबार नै पद तथा गोपनियताको सपथ खाएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.