सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार

धनगढी – सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तीको ५४ दिनपछि मन्त्रीमण्डल विस्तार भएको छ । यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका दिर्घ सोडारीले विश्वासको मत लिएको २६ दिनपछि सोमबार मन्त्रीमण्डल विस्तार गरेका हुन ।

maya metro hospital

मुख्यमन्त्री सोडारीले ७ जना मन्त्री थप्दै मुख्यमन्त्री सोडारीले मन्त्रीमण्डल विस्तार गरेका छन । सोडारीले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट ३/३ जना र एक जना एकीकृत समाजवादीका सांसदलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् ।

attariya hospital

त्यस्तै एमालेका वीरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तलाई विना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँले एक कार्यक्रमबिच सातै जनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । योसँगै सुदूरपश्चिममा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.