खाेज्नुहाेस

एमाले धनगढी नगर अध्यक्षमा विष्ट विजयी

Image

धनगढी – नेकपा (एमाले) को धनगढी उपमहानगर कमिटीको अध्यक्षमा अम्बिका विष्ट विजयी भएकी छिन । विष्ट १२८ मत पाएर विजयी भएकी हुन । उनका निकटम् प्रतिद्धन्द्धी कमलसिंह रानाले ६९ र अर्का प्रतिद्धन्द्धी मदनराज रेग्मीले ४७ मत पाए ।

navjiwan hospital

यस्तै उपाध्यक्षमा पर्वत चौधरीले १०६ मत पाएर विजयी भएका छन् । उपाध्यक्षका अन्य प्रत्यासीमा प्रेमबहादुर महराले ९५ र ऐनबहादुर सिंह ३५ मत पाए । सचिवमा युवा नेता चन्द्रप्रकाश जोशी विजयी भएका छन् । उनले ११५ मत पाए । भने उनका प्रतिद्धन्द्धी अभिषेक नाथ लोकले ८१ र छेदालाल चौधरीले ३८ मत पाए ।

attariya hospital

यस्तै दुई उपसचिवमा सरस्वति चन्द र जनक ढकाल विजयी भए । चन्दले १०८ र ढकालले १०३ मत पाएका थिए ।

कैलालीका १३ स्थानीय तह रहेका छन् ती मध्ये अधिकांश स्थानीय तहमा अधिवेशन भइसकेको छ । ती मध्ये एक मात्र महिला अध्यक्ष विष्ट हुन् । एमालेमा चुनाव लडेरै महिला नेतृत्व स्थापित हुने विषयले नयाँ सन्देश दिएको एमाले कैलाली जिल्ला अध्यक्ष यज्ञ ढुङ्गानाले जानकारी दिए ।