खाेज्नुहाेस

माधव नेपालले गर्दा सुदूरपश्चिम सरकारमा सहभागी नभएको रावलको दाबी

Image
file photo

धनगढी- नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भूमिका कारण सरकारमा सहभागी हुन नसकेको दाबी गरेका छन् ।

navjiwan hospital

संसदीय दलले सोमबार सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको थियो । सोही क्रममा संसदीय दलका नेता रावलले यस्तो बताएका हुन् । उनले समाजवादीका अध्यक्ष नेपाल सच्चिए आफूहरु सरकारमा जान धेरै समय नै नलाग्ने बताए ।

attariya hospital

‘माधव नेपाल खुट्टा उचालिरहेका छन्, हामी सरकारमा जाने तयारी ठिक्क परेका बेला उता फेरी खुट्टा उचालिहाल्नुहुन्छ,’ रावलले भने, ‘उहाँले खुट्टा उचाल्न छाडेर सच्चिएको दिन मात्र हामी सरकारमा जान्छौँ । उहाँ सच्चिएपछि दुई मिनेट लाग्दैन एक छिनमै मन्त्री बन्छन् ।’

प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम भने राम्रो भएको बताउँदै रावलले सोहीअनुसार बजेट आउनेमा विश्वास व्यक्त गरेका छन् ।