सुदूरपश्चिम प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने

अत्तरिया – सुदूरपश्चिम प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷२०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मिया प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने बताएका हुन ।

Karma Consultancy
belauri nagarpalika

सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औँ बैठकले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको–२ र ४ मा तोकेको थियो ।

citizen security services

तर, लामो समय देखि राजधानी तोकेको क्षेत्रमा कुनै काम हुन नसक्दा राजधानी अन्य ठाउँमा सार्न लागिएको समेत चर्चा चल्ने गरेको थियो । नीति तथा कार्यक्रम राजधानी निर्माण गरिने भनिएपनि कुन ठाउँमा कसरी गर्ने भन्ने बारेमा खुलाइएको छैन ।

attariya hospital

हाल प्रदेशको राजधानीका कामकाज धनगढीबाट सञ्चालन हुँदै आएका छन ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.