संसदमा बलायरको प्रश्न : यो देशमा गड्डाचौकी पनि छ भन्ने थाहा छ कि छैन ?

अत्तरिया – प्रतिनिधिसभा सांसद वीर बहादुर बलायरले बजेट समानता, समावेशिताका आधारमा नआएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद बलायरले बजेट जहिले पनि काकडभित्ताबाटै सुरु हुने गरेको भन्दै यो देशमा गड्डाचौकी पनि छ भन्ने थाहा छ कि छैन भनेर प्रश्न गरे ।

maya metro hospital

‘बजेट जहिले पनि काकडभित्ताबाटै सुरु हुने, यो देशमा गड्डाचौकी पनि छ थाहा छ कि छैन ?’ उनले प्रश्न गरे ‘बजेट जहिले पनि बालुवाङ कट्दै नकट्ने, चनौडा पारी जाँदै नजाने, मध्यपश्चिम र सुदूरपश्चिममा उत्तरी नाका रहँदै नरहने । यो कस्तो किसिमको बजेट हो ?’

उनले सबै उत्तर दक्षिण नाकका बारेमा बोलिए पनि खुटिया, दिपायल, चैनपुर ताक्लाकोट बारेमा केही बोलिलिएको भन्दै रुष्टता प्रकट गरे ।

attariya hospital

१६४ वटा रणनीतिक सडक बन्दा आफ्नो निर्वाचन क्षेत्रमा यो सडक नबनेको भन्दै उनले गुनासो गरे । ‘१६४ वटा रणनीतिक सडक बनिरहेका छन् । देशमा १६५ वटा निर्वाचन क्षेत्र छन् । एउटा निर्वाचन क्षेत्र कैलालीको ४ नम्बर योजनामै छैन’ उनले भने ‘यसपालि पनि कराउँदा कराउँदा यो क्षेत्रमा बजेट परेन । बजेट कुन सिद्धान्तका आधारमा तयार हुन्छ ?’

उनले आर्थिक वर्ष २०८१/०८२ को बजेट घाइते भएर आएको बताए । सत्ता पक्षकै सांसदले बजेटको ल्याउनु अघि छलफल नभएको गुनासो गर्नु र सत्ता पक्षबाटै बजेट पूर्ण रूपमा सफल हुन नसक्ने कुराको उद्घोष गर्नुले बजेट घाइते भएको उनको तर्क थियो ।

उनले बजेट प्राथमिकता र सिद्धान्तमा भएको बहसको आधारमा नआएको, बजेट समानताका, समावेशिताका आधारमा नआएको बताए । उनले बजेटमा जनता आवासका कुरा गरिए पनि त्यो भूमि हुनेलाई मात्रै दिइने भएकाले त्यसलाई संशोधन गरेर भूमिहीनलाई पनि जनता आवासमा समेटिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.