अत्तरियामा प्रदेशस्तरीय लोकगायन प्रतियोगिता : बैतडीका बोहरा प्रथम

कैलाली- कैलालीको अत्तरियामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय लोकगायन प्रतियोगितामा बैतडीका भरत बोहरा प्रथम भएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा पुर्चौँडी नगरपालिका-५ दहताल घर भएका बोहरा प्रथम भएका हुन् ।

maya metro hospital

बोहराले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी बझाङका कुलेन्द्र परियार द्वितीय, बाजुराकी मनिषा विक तृतीय र कञ्चनपुरकी हेमन्तो रानाले सान्त्वना पुरस्कार पाएकी छन् । उनीहरुले क्रमश: नगद १० हजार, ७ हजार र ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना र रविन कला केन्द्रको सह-आयोजनामा एक दिवसीय ‘सुदूरपश्चिम प्रदेशस्तरीय लोकगायन प्रतियोगिता २०८१’ आयोजना गरिएको थियो । प्रतियोगिताको निर्णायकमा गायक नरेन्द्रराज रेग्मी, सुरत रावत (डोटेली कान्छा) र लालबहादुर धामी (अछामी बड्डो) रहेका थिए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.