गोदावरी –१२ ले सामाजिक क्षेत्रमा छुट्यायो ३३ प्रतिशत बजेट

अत्तरिया – कैलालिको गोदावरी नगरपालिका –१२ ले सामाजिक क्षेत्रमा मात्रै कुल बजेटको ३३ प्रतिशत रकम बिनियोजित गरेको छ । नगरका अन्य वडाहरुले पुर्वाधार बिकास क्षेत्रमा बढी रकम छुट्याएको अवस्थामा वडा नम्बर १२ ले भने सामाजिक क्षेत्रलाइ बढी महत्व दिएको हो ।

Karma Consultancy

नगरको बजेट सिलिङ अनुसार समानिकरण वाफत रु. ६० लाख र सुत्रमा आधारितमा रु. १६ लाख ५१ हजार ५२३ रुपैया वडामा आएको छ । उक्त बजेको ३३ प्रतिशत अर्थात २५ लाख ५० हजार रुपैया वडाले सामाजिक क्षेत्रमा छुट्याएको शनिवार आयोजित वडा भेलालाइ सम्बोधन गर्दै वडाध्यक्ष भिम बहादुर खड्काले जानकारी दिए ।

citizen security services

उनले ओलानी क्षेत्र अझै पनि रुढिवादी र परम्परागत मुल्यमान्यतामा विस्वास गर्ने क्षेत्र भएकाले यहाँ जनचेतनामुलक कुराहरु बढी प्रवाह गर्नुपर्ने हुँदा सामाजिक क्षेत्रमा बढी बजेट छुट्याईएको बताए । ‘यहाँ अहिले पनि रुढिवादी परम्परागलाई आत्मसाथ गर्ने वर्ग बढी छन, त्यसैले यहाँ हामीले बढीजस्तो युवालक्षित तथा महिला हकअधिकारसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु राखेका छौ’ उनले भने ‘यहाँ चेतनाको स्तर माथी उठाउनु नै मुख्य उपलब्धी हुने देखेर र चेतनाको स्तर अब माथि उठाउनुपर्छ भन्ने लागेर नै हामीले यस्तो बजेट ल्याएका हौ ।’ उनले वडाले अन्य क्षेत्रमा पनि बजेट विनियोजन गरेको बताए । उनले वडाले सबै क्षेत्रलाई समेटेर समानान्तर बजेट ल्याएको बताए ।

attariya hospital

त्यसबाहेक वडाले आर्थिक बिकासमा २३ लाख ४० हजार, पुर्वाधार बिकासमा २० लाख ५० हजार, बन तथा वातावरण क्षेत्रमा १ लाख र सुशासन तथा अन्य क्षेत्रमा ६ लाख ११ हजार ५२३ रुपैया बजेट बिनियोजन गरेको छ ।

वडाले आगामी आर्थिक वर्षका लागि विभिन्न नीति तथा कार्यक्रमहरु पनि अघि सारेको छ । जसमा वडाका सम्पुर्ण बाटोमा पर्ने खोला नालामा कल्भर्डको व्यवस्था गर्ने, नयाँ सडक खोल्ने, ग्राभेल गर्ने तथा पुराना सडकलाई क्रमश कालोपत्रे गर्दै लैजाने, पिकनिक पार्क निर्माणको अधुरो कार्य पुरा गर्ने, स्वास्थ्यको क्षेत्रमा पछाडि परेका सल्ली, नायल, कोलमुडा क्षेत्र र साबिकको ओलानी क्षेत्रमा आधारभुत स्वास्थ्य केन्द्र स्थापनाको लागी पहल गर्ने, विभिन्न युवा, महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एचआईभि संक्रमित र एकल महिलाहरुका लागि शसक्तिकरण कार्यक्रम गर्ने लगायत रहेका छन ।

belauri nagarpalika

यस्तै चाप आधारभुत स्वास्थ्य केन्द्रमा बर्थिङ्ग सेन्टर स्थापना गर्ने र कोलमुडामा स्वास्थ्य सेवा सुचारु गर्ने, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागी शैक्षिक सामाग्रीको व्यवस्था गर्ने, कृषी उत्पादनमा जोड दिने, वडामा विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य शिविर संचालन गर्ने, वडामा रहेका धार्मिक र ऐतिहासिक स्थलहरुको विकासका लागी सम्बन्धित निकाय संग पहल गर्ने लगायतका अन्य विभिन्न निती तथा कार्यक्रमहरु वडाले आगामी आर्थिक वर्षका अगाडी सारेको छ ।

आर्थिक मन्दीका कारण बजेटमा केही कमी भएको छ : नगरप्रमुख भट्ट

वडा भेलालाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले देश नै आर्थिक मन्दीको चपेटामा भएकाले विगतका भन्दा वडाको बजेटमा केही कमी भएको बताए । स्थानिय तहमा केही आम्दानीको स्रोत भएकाले केही काम गर्न सकिरहेको उनले बताए ।

‘देश नै आर्थिक मन्दीको चपेटामा छ, भएको बजेट पनि केन्द्रले काटेर पठाईरहेको अवस्था भएकाले अहिले वडाहरु बजेटमा पनि केही कमी आएको हो’ उनले भने ‘तथापी नगरको केही आन्तरिक स्रोतमार्फत आएको आम्दानीका कारण हामीले वडाका आवश्यकताहरुलाई त्यो बजेट बाहिर रहेर पनि नगरमार्फत काम गर्नेछौ ।’

उनले चौकीडाँडा फल्टुडे सडकलाई वैकल्पीक मार्गका रुपमा यथाशिघ्र निर्माण सम्पन्न गर्ने मुख्य लक्ष्य रहेको बताउदै त्यसका लागि आफु कटिबद्ध रहेको बताए । उनले नगरले विगतको तुलनामा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा काम गरिरहेको बताए । उनले वडा नं. १२ मा पनि स्वास्थ्यमा नगरले काम गरेको बताए ।

उनले उक्त वडाको चापसल्लीमा बर्थिङ सेन्टर निर्माण गरिएको र यथाशिघ्र सञ्चालन गरिने बताए । ‘चापसल्ली नायल क्षेत्रका गर्भवती महिलाहरुलाई सुत्केरी हुने अवस्था आए बर्थिङ सेन्टर नहुँदा ज्यान नै जाने जोखिम रहेकाले त्यहाँ हामीले बर्थिङ सेन्टर निर्माण गरेका हौ’ उनले भने ‘लगत्तै त्यो बर्थिङ सेन्टर सञ्चालन हुन्छ भने कोलमुडामा पनि यसैपाला देखी स्वास्थ्य चौकी र बर्थिङ सेन्टर राख्ने योजना बनाएका छौ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.