प्रशासन कार्यालय त्रिभुवनबस्तीले भोलिदेखि बार अनुसारको सेवा दिने

पुनर्वास – कञ्चनपुर स्थित ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीले भोलिदेखि बार अनुसारको सेवा दिने भएको छ । जिल्लाका तीन पालिकाहरुलाई सेवा दिदैं आएको प्रशासन कार्यालयले भिड बढेको भन्दै बार अनुसार सेवा दिने लागेको जनाएको हो ।

maya metro hospital

प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीहरुको भिडभाड हुन थालेकाले आईतबार देखि बार अनुसार पालिकाहरुका सेवाग्राहीलाई सोवा दिने जनाएको छ ।

जसअनुसार आईतबार– सोमबार पुनर्वास नगरपालिका, मंगलबार– बुधबार बेलौरी नगरपालिका, बिहिबार लालझाडी गाउँपालिका र शुक्रबार तीनै पालिकाका अपाङ्गता भएका, अशक्त, वृद्धहरुलाई सेवा दिने जनाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.