खाेज्नुहाेस

अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता सुरु

Image

अत्तरिया – कैलालिको अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता सुरु भएको छ । रबिन कला केन्द्र संगको सहकार्यमा सुदुरपस्चिम प्रज्ञा प्रतिष्ठानले प्रतियोगिता आयोजना गरेको हो ।

navjiwan hospital

प्रतियोगिताको शनिवार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । प्रतिष्ठानका कुलपती डाक्टर टि.एन जोशीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका सांसद शिव सिहं ओली रहेका छन ।

attariya hospital

कार्यक्रममा प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, कृष्णपुर नगरपालिकाका पुर्व नगरप्रमुख कर्ण हमाल, गोदावरी नगरपालिका –१० का वडाध्यक्ष रबिन्द्र शाही (गुड्डु), अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, महासचिव शंकर खड्का लगायतको सहभागिता रहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार राशी नगर रु. १५ हजार रहेको छ भने दोस्रो पुरस्कार नगद रु. १० हजार रहेको छ । यसै गरि प्रतियोगितामा तेस्रो हुनेले नगद रु. ७ हजार तथा सान्त्वना स्वरुप नगद रु. ५ हजार राखिएको आयोजक ले जनाएको छ । प्रतियोगिताको निर्णायकका रुपमा गायकहरु नरेन्द्र राज रेग्मी, सुरत रावत डोटेलि कान्छा र लाल बहादुर धामी (अछामी बड्डो) रहेका छन ।