एमाले गोदावरीको अध्यक्षमा सन्तोष सिंह विजयी

अत्तरिया – नेकपा एमाले कैलालीको गोदावरी नगर कमिटिकोे अध्यक्षमा सन्तोष सिंह विजयी भएका छन् । हिजो भएको निर्वाचनमा वर्तमान कार्यबाहक अध्यक्ष समेत रहेका सिंह १६२ मत सहित विजयी भएका हुन् ।

maya metro hospital

सिंहका प्रतिद्धन्दी हरि प्रसाद फुलाराले १४० मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा सिंह प्यानलकै कृत बहादुर चन्द विजयी भएका छन् । सचिवमा भने फुलारा प्यानलका विक्रम विष्ट विजयी भएका छन् । उप सचिव महिलामा कृष्णा चौधरी, उप सचिव खुलाबाट जय बहादुर विक विजयी भएका छन ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.