गोदावरी नगरपालिकाद्धारा निजि क्षेत्रका रोजगारदातासँग छलफल

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले निज क्षेत्रका रोजगारदातासँग छलफल गरेको छ । नगरभित्र रोजगारी सृजना गरेका र रोजगारी दिएका उद्यमीहरुसँग नगरपालिकाले रोजगार सम्बन्धी छलफल गरेको हो ।

Karma Consultancy

छलफलमा गोदावरी नगरभित्र रोजगारी सृजना गर्ने विभिन्न क्षेत्रका रोजगारदाताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अत्तरियाका व्यवसायी प्रमोद अधिकारीले दक्ष जनशक्ति उत्पादन भए रोजगारी पाउन समस्या नभएको बताए । उनले रोजगारी भएपनि अदक्ष श्रमिकहरु हुँदा समस्या भएको बताए । उनले उद्यमीले खोजेको जस्तो मान्छे नभेटिदाँ गाह्रो हुने भएको र त्यो समस्या समाधान गर्नका लागि नगरपालिकाले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

citizen security services

यस्तै निजि तथा आवाशिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) का गोदावरी नगर अध्यक्ष श्याम खत्रीले श्रमिकहरुको सम्मानको लागि जनचेतनामुलक कुराहरुलाई अगाडी बढाउन जरुरी रहेको बताए । उनले श्रमिकको सम्मान भए कामको पनि सम्मान हुने भएकाले श्रमिकलाई हेप्ने नभई उनिहरुको सम्मान गर्ने कार्य गर्नुपर्ने बताए । उनले श्रमिकलाई सम्मान गर्ने र उनिहरुलाई प्रोत्साहन गर्न सक्ने हो भने राम्रो नतिजा आउने बताए । त्यसका साथै पार्ट टाईम नोकरीको पनि व्यवस्था गरिनुपर्ने उनले बताए । उनले उत्पादन गर्नुपर्ने समयावधी कम भएकाले नै रोजगारी सृजना हुन नसकेको बताए । ‘उत्पादन बढी भए पो रोजगारी सृजना हुने हो, त्यसका लागि उत्पादनको समय बढाउन जरुरी छ’ उनले भने ‘त्यसले युवाहरु वा विद्यार्थीहरुलाई पार्ट टाईम नोकरी पनि मिल्छ र नेपाली उत्पादनले बजार पनि पाउँछ ।’

attariya hospital

अत्तरियाका गारमेन्ट व्यवसायी हिक्मत साउँदले नगरपालिकाले सर्वप्रथम व्यवसायीलाई टिक्ने वातावरण सृजना गर्नुपर्ने बताए । उनले व्यवसाय बचाउन सके मात्रै रोजगारी सृजना हुने भएकाले व्यवसायीका समस्याहरुको समाधान तिर नगरपालिका लाग्नुपर्ने बताए ।

ईट्टा व्यवसायी राजु भट्टराईले दक्ष जनशक्ति नहुँदा नै बेरोजगारीको समस्या बढीरहेको बताए । उनले अहिले पनि ईट्टा उत्पादन गर्ने कम्पनिहरुमा भारतबाट श्रमिकहरु ल्याउनुपर्ने बाध्यता रहेको बताउदै स्थानियस्तरमै दक्ष जनशक्ति भए रोजगारी दिन समस्या नभएको बताए । उनले त्यसका लागि नगरपालिकाले दक्ष जनशक्ति उत्पादनका लागि तालिमहरुको व्यवस्था गर्नुपर्ने बताए ।

belauri nagarpalika

नगरपालिकाभित्र रोजगारीको वर्तमान अवस्था के छ र भविष्यमा के कति को रोजगारी सृजना गर्न सकिन्छ भनेर छलफल कार्यक्रम आयोजना गरिएको नगरपालिकाका रोजगार संयोजक रोहित कुमार जोशीले जानकारी दिए ।

उनले रोजगारदाताहरुलाई आवश्यकता अनुसारको जनशक्ति प्रदान गर्नका लागि नगरपालिमार्फत सोही अनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने योजना रहेको उनले बताए । यसअघि निजि क्षेत्रका रोजगारदाताहरुको माग के छ भन्ने गरी छुट्टै कार्यक्रम नभएको बताउदै उनले रोजगारदाताहरुको मागको आधारमा आगामी दिनमा कार्यक्रमहरु बनाउने प्रयास गर्ने बताए ।

निजि क्षेत्रले बेरोजगारीको खाडल पुर्न सहयोग गरेको छ : नगरप्रमुख भट्ट

यसैबिच नगरप्रमुख विरेन्द्र भट्टले निजि क्षेत्रबाट नगरको बेरोजगारीको खाडल पुर्नमा सहयोग भएको बताएका छन । उनले स्थानिय स्तरमा रोजगारी सृजना गरी बेरोजगारीको समस्या केही हदसम्म कम गर्नमा निजि क्षेत्रको योगदान महत्वपुर्ण रहेको बताए ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम भैरहेको भएपनि बेरोजगारीको अवस्था जस्ताको तस्तै छ’ उनले भने ‘निजि क्षेत्रले बेराजगारी कम गर्नमा सहयोग गर्दै आईरहेको छ, र अझै तपाईहरुलाई आवश्यक पर्ने खालको जनशक्ति प्रदान गर्नमा नगरले केही टेवा पु¥याउलाकी भन्ने लक्ष्यका साथ हामीले यो कार्यक्रम आयोजना गरेका हौ ।’

उनले नगरमा रहेका अति विपन्न, एकल महिला, अपांगता भएका व्यक्ति लगायतको जिविकोपार्जनका लागि नगरले सिपमुलक तालिम दिईरहेको बताए । उनले अब निजि क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि नगरले खर्च गर्ने बताए ।

‘नगरमा रहेका अति विपन्न, एकल महिला, अपांगता भएका व्यक्तिहरुलाई दक्ष बनाउनमा हामी खर्च गरिरहेका छौ’ उनले भने ‘तर जुन तपाईहरुलाई जनशक्ति चाहिएको छ, त्यो जनशक्ति दिएर तपाईहरुलाई पनि केही टेवा प्रदान गर्न सक्छौ की भन्ने उद्देश्यले आज हामीले तपाईहरुसँग छलफल गरेका हौ ।’ उनले निजि क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा नगरले सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.