धनगढी पुगेका मन्त्री भण्डारी माधव नेपाल माथि खनिए

धनगढी – कैलालीको धनगढी पुगेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल माथि खनिएका छन । उनले माधव नेपालले दोहोरो भूमिका खेलिरहेको आरोप लगाउँदै जसका कारण सुदूरपश्चिम सरकार विस्तार पनि हुन नसकेको बताएका छन ।

maya metro hospital

प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले माधव नेपाल अहिले कांग्रेस सँग पनि सरकारका बिषयमा छलफल गरिरहेको बताए ।

‘सत्तामा बसिरहने प्रतिपक्षसँग छलफल पनि गर्ने दोहोरो भूमिकाले स्वयम उहाँलाई नै क्षति पु¥याइरहेको छ’, उनले भने, ‘उहाँको पार्टी, उहाँको विचार र उहाँका अस्थिरताले यो खालका सङ्कटहरू धेरै लामो रहँदैन । त्यसले चाँडै निकास पाउँछ । सत्तामा पनि रहिरहने प्रतिपक्षसँगको पनि सिरानी थापिराख्ने कुरो त्यो उहाँकै स्वास्थ्यको लागि हानिकारक छ ।’ उनले दोहोरो भूमिकाले स्वयम् नेपाललाई नै क्षति पुग्ने चेतावनी दिए ।

attariya hospital

सुदूरपश्चिममा हाल नेकपा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी मुख्यमन्त्री रहेका छन । उनले नेकपा एमाले सहितका दलबाट विश्वासको मत पाएपनि सरकरा विस्तारमा भने हुन सकेको छैन । समाजवादीले एमालेका कारण सुदूरपश्चिम सरकारले पूर्णता नपाएको आरोप लगाउँदै आएको छ । सोही बिच मन्त्री भण्डारीले समाजवादीका अध्यक्ष नेपालकै कारण सरकारले पूर्णता पाउन नसकेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.