नेकपा एमाले गोदावरीको नेतृत्वका लागि बिहिबार निर्वाचन हुने

अत्तरिया – नेकपा (एमाले) गोदावरी नगरकमिटी को नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । बुधबार सकिएको बन्दसत्रमा समझदारी हुन नसक्दा चुनावी प्रकृया मार्फत नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको बताईएको छ ।

maya metro hospital

नेतृत्वका लागि हालका कार्यबाहक अध्यक्ष सन्तोष सिँह र पुर्ब जिल्ला कमिटी सदस्य हरी फुलारा प्यानल सहित निर्बाचनमा जाने संभावना रहेको बुझिएको छ ।

अध्यक्ष मन्डलका सदस्य एवम् प्रदेश कमिटी सदस्य खम्म बुढाले बिहिबार पार्टी कार्यालय बनखेतमा बिहान देखि निर्बाचनका कार्य हुने बताएका छन । अध्यक्ष मण्डलले निर्बाचन समितिलाई कार्य हस्तान्तरण गरिसकेको उनले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.