अत्तरिया – नेपाल ट्रेड युनियन गोदावरी नगरकार्यसमितिको सभापतिमा शिवराज जोशी चयन भएका छन । मंगलबार सम्पन्न समितिको दोस्रो अधिवेशनले जोशीलाई सर्वसम्मत सभापतिमा चयन गरेको हो ।


अधिवेशनले जोशीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको महिला उपाध्यक्षमा बेलु देवी बिष्ट, उपाध्यक्षमा लोक बहादुर रोकाया, सचिवमा टेकराज भण्डारी, सहसचिव कल्पना जोशी र कोषाध्यक्षमा हरिप्रसाद भट्ट रहेका छन ।

यस्तै सदस्यहरुमा यादव गिरी, टेकराज भट्ट, हरिप्रिया जोशी, बसन्ती सुनार र श्याम ठाकुर चयन भएका छन ।

२६ वटा श्रमिक संघसंस्थाहरुको छाता संगठनका रुपमा रहेको नेपाल ट्रेड युनियन कांग्रेसलाई नेपाली कांग्रेसको सुभेच्छुक संस्थाको रुपमा लिने गरिन्छ ।