आज ७१औँ सगरमाथा दिवस

काठमाडौं – आज मे २९ अर्थात् अन्तराष्ट्रिय सगरमाथा दिवस । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ ।

maya metro hospital

नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो । यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा ः नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस मनाउन लागेको छ ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ । कोरोना महामारीले ठप्प बनेको हिमाल आरोहणमा त्यसयता नेपाली र विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

attariya hospital

पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष मान्छन् । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ । त्यस्तै आज मानिस र सगरमाथाबिचको सामिप्यता बढाउने दिन हो । पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.