संघियता आएपछि सुदूरपश्चिमा धेरै काम भएका छन : मुख्यमन्त्री सोडारी

धनगढी – संघियता आएपछि सुदूरपश्चिमा धेरै काम भएको सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घ सोडारीले बताएका छन । मंगलबार सञ्चारकर्मिहरुसँग कुरा गर्दै मुख्यमन्त्री सोडारीले संघीयता पछि प्रदेशमा विभिन्न भौतिक पुर्वाधारहरुको विकास भएको बताए ।

maya metro hospital

‘सघिंयता आउनुभन्दाअघि यहाँ एक हजार किलोमिटर मात्रै कालोपत्रे सडक थियो’ उनले भने ‘सङ्घीयतापछि पहिलो पाँच वर्षमा एक हजार किलोमिटर कालोपत्रे सडक थपिएको छ केही सडक बनिरहेका छन् ।’ उनले दार्चुलाको खार–खलङ्गा सडक, बैतडीमा सत्बाँझ–श्रीभार सडक, मार्तडी–कोल्टी सडक, बझाङमा साइपाल जाने बाटो, खप्तड क्षेत्रको पर्यटकीय सपना पूरा गर्न सिलगढी–खप्तड सडक, धनगढीको कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सडक लगायतका सडकहरु बनिरहेको बताए ।

‘खिमडी सडक, गर्भा दरबार जाने बाटो, साबिक महोन्यालको कटौजे जाने बाटो प्रदेश सरकारले जोडेको हो’ उनले भने ‘यी सडकलाई बाह्रै महिना चल्ने अवस्था बनाउन केही समय लाग्ला ।’ उनले स्वास्थ्य क्षेत्रमा सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र अन्य अस्पतालमा लगानी गरेर क्षमता बढाएको पनि बताए ।

attariya hospital

आवश्यकताका आधारमा योजना छनौट

यस्तै मुख्यमन्त्री सोडारीले पहुँचका आधारमा नभई आवश्यकताको आधारमा योजनाहरु छनौट हुने बताए । उनले योजनहरु खरिद बिक्रि गर्ने नभई आवश्यकताको आधारमा राखिे बताए । ‘हामी सरकारमा हुँदा पहिले पनि त्यस्तो गरेनौँ अहिले पनि गर्दैनौँ’ उनले भने ‘अरूले के गरे जगजाहेर छ, अरूले के गरे उनीहरूको कुरा हो । योजना खरिदबिक्रीबारे म केही भन्दिनँ अहिले त्यसो हुँदैन ।’

‘पहिलो पटक सामाजिक विकासमन्त्री हुँदा पनि शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रदेशवासीको माग अनुसार काम गरेको हुँ’ उनले भने ‘भौतिक पूर्वाधारमन्त्री हुँदा पनि जनतालाई अनुभूति हुने र देखिने आयोजना बनाउने कोसिस गरेको हुँ, बिचमा साथीहरू आउनु भो, कति गर्नुभयो म अहिले हेर्दै छु ।’

सुदूरपश्चिम प्रदेश सभाले २०७५ असोज १२ गते दुई तिहाइ बहुमतले राजधानी गोदावरी राख्ने भनी गरेको निर्णय अनुसार सो ठाउँमा राजधानी बनाउने प्रयत्न गर्ने उनले बताएका छन् । साधनस्रोतको सीमितताले पनि धेरै अपेक्षा पुरा गर्न नसकिएपनि सबै क्षेत्रलाई समेटेर सन्तुलित विकासको काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.