धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिस्कार गर्दै प्रतिपक्षी दलहरु बाहिरिएका छन । आईतबार देखी सुरु भएको प्रदेश सभाको वर्खे अधिवेशनको पहिलो बैठक प्रतिपक्ष दलहरुले बहिस्कार गरेका हुन ।

बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँबाट बर्खे अधिवेशन आह्वान सम्बन्धी आएको पत्र सुनाउन खोज्दा प्रतिपक्ष दलहरु नेपाली कांग्रेस र नागरिक उन्मुक्ती पार्टी (रेशम चौधरी पक्ष) विरोध जनाउदै बाहिरीएका थिए ।

विपक्षको उपस्थिति विना नै मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गरेका छन । प्रदेश सभाको आगामी बैठक जेठ १६ गते बोलाइएको छ ।
