डोटी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डोटीको जोरायल गाउँपालिका – ५ मा संगठन विस्तार गरेको छ । रास्वपाका डोटी जिल्ला कमिटि संयोजक र जोरायल गाउँकमिछि सचिवको उपस्थितिमा संगठन विस्तार गरेको हो ।


वडामा निराजन विस्टको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति विस्तार गरिएको छ । बिष्ट सभापति रहेको उक्त कार्यसमितिको उपसभापतिमा सुनिता बिष्ट, सचिवमा गणेश बिष्ट चयन भएका छन ।

यस्तै सदस्यहरुमा योगेन्द्र रावल, यदुगर खड्का, करन भाट, पदम भाट लगायत रहेका छन ।
