खाेज्नुहाेस

अत्तरिया बजार सफा राख्न व्यापारीलाई विद्यार्थीहरुको पत्र

Image

अत्तरिया – कैलालीको अत्तरिया बजारलाई सफा राख्न अनुरोध गर्दै विद्यार्थीहरुले व्यापारीहरुलाई पत्र दिएका छन । अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुले बजारमा फोहोरमैला बढ्दै गएको भन्दै बजार सफा राख्न व्यापारीहरुलाई पत्र दिएका हुन ।

शनिबार विदाको दिन पारेर विद्यालयको कक्षा ७ र ९ मा अध्ययनरत विद्यार्थीहरुले बजारका सम्पुर्ण व्यापारीहरुका पसलमै गएर उक्त पत्र दिएको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले जानकारी दिए । ‘मेरो नगर म आफै सफा गर्छु, सुन्दर नगर–हाम्रो कल्पना, तपाईको साथ हाम्रो चाहना’ भन्ने मुल नारालाई आत्मसाथ गरिएको पत्रमा विद्यार्थीहरुले ६ वटा बुदाँको पालना गर्न व्यापारीहरुलाई प्रतिबद्ध गराएका थिए ।

attariya hospital

‘यो अत्तरिया नगर देशभरी चिनिने नगर हो । यो नगर सुदूरपश्चिम प्रदेशको मूख्य प्रवेशद्धारका रुपमा चिनिने भएकोले र प्रदेशको राजधानी भनेर चिनिने भएकाले पनि यो प्रसिद्ध छ’ विद्यार्थीहरुको पत्रमा भनिएको छ ‘अतः यसलाई स्वच्छ, सफा र हराभरा राख्नु तपाई हामी सबैको दायित्व हो ।’ पत्रमा दिईएका बुदाँहरुमा हामी हाम्रो नगर सधै सफा राख्न प्रतिबद्ध बनौ, आफ्नो घरआगनको फोहरमैला आफै सफा गरौँ, फोहोरमैलालाई वर्गिकरण गरेर व्यवस्थापन गरौँ, सार्वजनिक फोहोरमैला सामुहिक रुपले व्यवस्थापन गरौँ, यो नगर मेरो हो भन्ने धारणा राखौँ र आ–आफ्नो घर/पसलको फोहोर सुरक्षित राखौँ रहेका छन । उक्त बुदाँहरुको पालनाका लागि व्यापारीहरुबाट प्रतिबद्धता गराईएका विद्यालयका प्रधानाध्यापक जोशीले बताए ।

‘अहिले गोदावरी नगरपालिकाले पनि पालिकालाई प्लाष्टिक रहित नगरपालिका घोषणा गरिसकेको छ, तर पनि बजारबाट प्लाष्टिक प्रतिष्थापन हुन सकेको अवस्था छैन’ उनले भने ‘जसका कारण चारैतिर फोहोर देखिन थाल्यो भने बाहिरबाट आलोचना पनि हुन थाल्यो । कागज र प्लाष्टिकलाई एउटै नजरले हेरिदा अत्यन्तै नोक्सान हुन थालेपछि हामीले व्यापारीहरुसँग उक्त प्रतिबद्धता गराएका हौ ।’ उनले .व्यापारीहरुले प्रयोग गर्ने प्लाष्टिक प्रतिष्थापन गरे बजार सुन्दर देखिने बताए । उनले कागज सडेर गएपनि प्लाष्टिकले भने शहरलाई दुर्गन्धित गर्ने भएकाले यसको प्रतिष्थापन अनिवार्य आवश्यक भएको बताए ।

नगरको अभियानलाई सार्थक तुल्याउनका लागि विद्यालयले पनि पहल थालेको बताउदै उनले व्यापारीहरुले पनि आ–आफ्नो तर्फबाट शहर सफा सुन्दर बनाउन सहयोग गर्नुपर्ने बताए । ‘विद्यालय एउटा समाज हो, विद्यालयमा सुधार भए पुरा समाज सुध्रिन्छ भन्ने धारणा छ’ उनले भने ‘त्यसैले पालिकाले पनि सरसफाईमा सहयोग पु¥याईदिन विद्यालयलाई अनुरोध गरेको छ, यो पालिकाको मात्रै जिम्मेवारी नभई हामी सबैको हो ।’ शनिबार अत्तरिया बजारका प्रत्येक पसलहरुमा गएर पत्र वितरण गरेको बताउदै प्रधानाध्यापक जोशीले आगामी दिनमा प्लाष्टिक प्रयोग नगर्ने व्यापारीहरुले प्रतिबद्धता व्यक्त गरेको बताए ।

maya metro hospital
navjiwan hospital

विद्यालयकी छात्रा शारदा अधिकारीले विद्यालयका तर्फबाट विद्यार्थीहरुले सरसफाई अभियान सञ्चालन गरेको बताईन । उनले अत्तरिया बजारमा मात्रै नभई टोलहरुमा पनि प्लाष्टिक जथाभावी फाल्ने गरेकाले त्यस्तो नगर्न आग्रह स्वरुप पत्र दिने काम गरेको बताईन । उनले अत्तरिया बजारका सबै पसलहरुमा पत्र दिएको र व्यापारीहरुबाट आगामी दिनमा प्लाष्टिकको प्रयोग नगर्न र जथाभावी फोहोर नफाल्न अनुरोध गरिएको बताईन ।

विद्यालयको अभियानमा नगरप्रमुखको साथ

Karma Consultancy

उक्त अभियानमा नगरप्रमुख विरेन्द्र भट्टले पनि साथ दिएका छन । उनले विद्यार्थीहरुको पत्रमा हस्ताक्षर गर्दै बजारमा प्लाष्टिक जन्य फोहोर नगर्न नगरपालिकाले अभियान नै थालेको बताए । ‘हामीले सुरुदेखी नै क्लिन गोदावरी र ग्रिन गोदावरीको नामाकरण दिएर काम थालेका छौ, प्लाष्टिकजन्य वस्तुका कारण बजार फोहोर देखिन थालेकाले प्लाष्टिक बन्द गर्ने पनि हामीले निर्णय ग-यौ’ उनले भने ‘विभिन्न कारणले त्यसमा कडाईका साथ जान सकेको अवस्था थिएन, केही दिन यता नगरपालिकाले अनुगमन गर्दै जादा यसलाई बन्द गर्ने कुरामा अगाडी बढेका छौ, अनुगमनको पाटो पनि अगाडी बढेको छ ।’

उनले दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले चालेको कदम एकदमै राम्रो भएको र यसमा नगरको साथ र सहयोग सदैव रहने बताए । उनले राम्रो सन्देश र सिकाई दिने किसीमको अभियान विद्यालयले सञ्चालन गरेको बताए । ‘सफाई गरेको कारण ले मात्रै नभई फोहोर नगरेको कारणले विकसीत देशहरु बढी सफा र स्वच्छ देखिने गर्दछन’ उनले भने ‘सफाई गर्ने मात्रै नभई फोहोर नै नगर्ने परिपाटीको विकास गर्नका लागि दुर्गालक्ष्मीले गरेको जस्ता कार्यक्रमहरु आयोजना हुन जरुरी छ ।’

उनले नगरले यस्ता विषयवस्तुहरुका बारेमा जानकारी गराईसकेको भएपनि जानाजान फोहोर गर्ने काम केही तत्वहरुले गर्दै आएको बताए । ‘अहिले हामीले प्राईभेट सेक्टरलाई सरसफाईको जिम्मेवारी दिएका छौ, उनिहरुले अभिमुखीकरण गर्ने र आफैले पैसा उठाउने काम गर्दै आएका छन’ नगरप्रमुख भट्टले भने ‘दिनभरीको पसलको फोहोर पसलमा राख्ने दोस्रो दिन बिहान आउने गाडीमा राख्ने भन्ने गरेको भएपनि यहाँ केही व्यवसायी साथीहरुले एकदिनमात्रै पनि पसलमा नराखेर बाहिर फाल्दिने र सकेसम्म आफैले फोटो खिचेर यस्तो अवस्था छ भनेर सामाजिक सञ्जालमा हाल्ने गरेको पनि देखियो ।’

उनले प्रत्येक दिन प्रत्येक पसलमा गएर नगरप्रहरी तथा सफाई कर्मचारीहरुले काउन्सिलीङ गरेको भएपनि जानाजान फोहोर गर्ने परिपाटी हावि बनेको बताए । उनले सहरलाई स्वस्थ राख्नमा सबैको सहयोग र सहकार्य आवश्यक हुने बताए । सबैले सहयोग गरे गोदावरीलाई क्लिन र ग्रिन गोदावरी बनाउन समय नलाग्ने उनको भनाई छ ।