घोडाघोडीमा चराहरुको फोटो प्रदर्शनी

धनगढी – विश्व रामसार क्षेत्र कैलालीको घोडाघोडी तालमा चरा उत्सव तथा चरा फोटा प्रदर्शनी गरिएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा बुधबार फोटो प्रदर्शनी गरिएको हो ।

maya metro hospital

डिभिजन वन कार्यालय पहलमानपुरको आयोजना तथा नेपाल पंक्षी संरक्षण सङ्घको व्यवस्थापनमा चरा उत्सव तथा फोटा प्रदर्शनी गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले बताए । उनले प्रदर्शनी जेठ १३ गतेसम्म जारी रहने बताए ।

उनले चराको फोटो प्रदर्शनबाट बृहतरुपमा संरक्षणका लागि सचेतना फैलाउनुका साथै चरा पर्यटन विकासमा सहयोग पुग्ने बताए । प्रदर्शनीमा ६५ वटा फोटो राखिएका  छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.