खाेज्नुहाेस

बाजुराबाट २ थान भरूवा बन्दुक बरामद

Image
file photo

बाजुरा – बाजुराको बडिमालिकाबाट २ थान भरुवा बन्दुक बरामद गरिएको छ । बडिमालिका नगरपालिका – ६ बुढाकोर्धमा लाल बहादुर बडुवालको घरबाट २ थान भरूवा बन्दुक बरामद गरिएको हो ।

navjiwan hospital

स्थानीय ४५ वर्षीया धौली बडुवाल मृत फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले लाल बहादुरको घरबाट २ थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

attariya hospital

धौली बडुवाल मृत फेला परेको प्रकरणमा लाल बहादुर सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।