धनगढी- नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बुधबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बैठक बसेको थियो । प्रदेश सभा सदस्य धर्मराज पाठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय भएको बताए ।

मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिँदैछन् ।
