
एजेन्सी- भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ । १५ हजार वर्गफिटको होर्डिङ बोर्ड खसेर भएको दुर्घटनामा ७० जनाभन्दा धेरै घाइते भएका छन् ।
७० मिटर लामो होर्डिङ बोर्ड पेट्रोल स्टेसन र आसपासमा रहेका घरमा खसेको बीबीसीले जनाएको छ । मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बोर्ड खस्दा गाडीहरू च्यापिएका छन् । उद्धारको काम भइरहेको छ ।



















