खाेज्नुहाेस

माल्दिभ्सबाट भारतीय सेना फिर्ता

Image

एजेन्सी- भारत सरकारले माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएलगत्तै उनले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिएका थिए ।

navjiwan hospital

माल्दिभ्सबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो । यस बीचमा माल्दिभ्सका विदेशमन्त्री मुसा जमिर हिजोदेखि भारत भ्रमणमा छन् । कूटनीतिक गतिरोधको बीच उनी दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल गर्न भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली आइपुगेका हुन् । माल्दिभ्स भारतको प्रमुख समुद्री छिमेकी हो ।

attariya hospital

गएको मे ३ तारिखमा भारत र माल्दिभ्सबीच सम्पन्न द्विपक्षीय उच्चस्तरीय संयन्त्रको चौथो बैठकले मे १० तारिख अर्थात् आजसम्ममा माल्दिभ्सबाट भारतीय सैन्य कर्मचारी हटाउने सहमति गरेका थिए । भारतीय विदेश मन्त्रालयले माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता भएको जानकारी समेत गराएको छ ।

माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुब हेलिकप्टरसहित झण्डै ७० जना भारतीय सैनिक तैनाथ रहेका थिए । ती सैनिकहरुको स्थानमा गैरसैनिकको प्राविधिक टोली खटाइएको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।