बझाङ उपनिर्वाचनको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस

धनगढी – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १ क मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको प्रतिवेदन पेस गरिएको छ ।

maya metro hospital

निर्वाचन आयोगका तर्फबाट प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आइतबार प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गरेका हुन्। प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार प्रतिवेदन पेस गरिएको हो ।

विसं २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत वर्ष असारमा गाडी दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.